मणिग्राम ।
नेपाल रेडक्रसको स्वर्णजयन्तीका अवसरमा तिलोत्तमा उपशाखाले आज नगरको वार्डनम्बर ९ स्थित विश्वशान्ति सामुदायिक आधारभूत विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।
रेडक्रस तिलोत्तमाका अध्यक्ष रमेशकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष विष्णुप्रसाद पाण्डे, प्रधानाध्यापक डोलराज पाण्डे, पुष्प व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष रमेश पाण्डे, उपशाखाका निवर्तमान अध्यक्ष शिवप्रसाद गैरे लगायलते वृक्षारोपणसँगै विरुवाहरुको रेखदेख निकै महत्वपूर्ण हुने बताउनुभयो ।
उपशाखाका सचिव अवधविहारी दुवेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हरि पाण्डे, समाजसेवी गुणाकर अर्याल, मुक्तिनाथ गैह्रे, प्रकाश गैरे, विद्यालयका पदाधिकारी र शिक्षकहरुले रुद्राक्ष, समी, निम, सीता अशोक, कपुर, असारे, एरिका पाम, कल्की, म्याङगोस्फी, बेगनबेली लगायत जातका विरुवाहरु रोप्नुभएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्