काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक सय ३३ जना थपिएसँगै कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार तीन सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये १२ हजार नौ सय ४७ जना निको भएर डिस्चार्ज भएकोले क्वरेण्टीनमा पाँच हजार तीन सय ८३ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा एक सय सात जना डिस्चार्ज भएका छन् । प्रदेश एकमा एक सय ४६, प्रदेश दुईमा एक हजार नौ सय एक, वाग्मतीमा चार सय ३९, गण्डकीमा तीन सय ३१, प्रदेश पाँचमा तीन सय ५४, कर्णाली प्रदेशमा तीन सय १५ र सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्