सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला निर्वाचित

सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला निर्वाचित

काठमाडौं – तत्कालीन समाजवादी पार्टीबाट निष्कासित प्रतिनिधिसभाकी सदस्य सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई निर्वाचित गरिएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। ‘निर्वाचन आयोगले लीलादेवी सिटौलालाई निर्वाचित भएको घोषणा गर्ने निर्णय भएको छ, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको राजपत्रमा सूचना प्रकाशित गर्न र सम्बन्धित संसद् सचिवालयमा लेखी पठाउने काम भएको छ।’ सरकारले भारतद्‍वारा अतिक्रमित नेपाली भूमि समेटेर सार्वजनीक गरेको नेपालको नक्सा संविधानको अनूसुचीमा समावेश गर्न ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध संशोधन हालेपछि सरिता गिरीलाई समाजवादी पार्टीले स्पष्टीकरण सोधेको थियो। त्यसपछि उनलाई पार्टीको ह्वीप उल्लं‍घन गरेकोमा पार्टीले पार्टीको सदस्य र सांसद दुवै पदबाट निष्कासन गरेको थियो। गिरीलाई निष्कासन गरेपछि तत्कालीन समाजवादी र राजपाबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी (जसपा) ले आयोगमा समानुपातिक पद्धतिअन्तर्गत निर्वाचित गर्नुपर्ने खस—आर्य समूहको रिक्त महिला सदस्य पदमा लीलादेवी सिटौलाको नाम सिफारिस गरिएको थियो।

प्रकाशित मिति : सोमबार, साउन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij