JanataToday.com

Advertisment

SKIP THIS

ट्रंक लाइन विलिङ्ग समस्या समाधान गर्न रुपन्देही उद्योग संघको आग्रह

ट्रंक लाइन विलिङ्ग समस्या समाधान गर्न रुपन्देही उद्योग संघको आग्रह

बुटवल

विद्युत प्राधिकरणले ट्रंक लाइन विलिङ्ग छुट भनी उद्योगीहरुलाई बक्यौता बुझाउन पुनः पत्राचार गरेसँगै बुटवल—भैरहवा क्षेत्रका उद्योगीहरु चिन्तित बनेका छन् ।
प्राधिकरणले विगतमा लोडसेडिङ्ग व्यवस्थित गर्ने शिलशिलामा उद्योगीहरुको माग र सहमति बिनै एकलौटी ढंगबाट ट्रंक लाइन जडान गरिदिएको र हालसम्म उद्योगीहरुले साधारण विलिङ्ग बमोजिम महशुल भुक्तानी गर्दै आइरहेका थिए । विद्युत प्राधिकरणले २०७२ सालदेखिको बक्यौता बुझाउन पत्राचार गरेपछि उद्योगीहरुमाथि अन्याय भएको उद्योगीहरुले बताएका छन् ।
रुपन्देही उद्योग संघमा आयोजित एक छलफलमा सहभागि उद्योगीहरुले आफुहरु माथि अन्याय हुन लागेको भन्दै समस्या समाधानका लागि पहल गर्न रुपन्देही उद्योग संघसँग आग्रह गरेका छन् ।
संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न छलफलले प्राधिकरणले एकलौटी ढंगबाट लाखौं रुपैयाँ बक्यौता रहेको भनेर उद्योगी ब्यवसायीलाई पत्राचार गरिनु उद्योगी माथिको प्रहार भएको निचोड निकालेको छ ।
सरकारले लोडसेडिङ्ग पूर्ण रुपमा मुक्त भएको घोषणा गरिसक्दा समेत प्राधिकरणले हालसम्म पनि सोही अनुरुप ट्रंकलाइन महशुल असुल उपर नगर्न र मनोमानी ढंगबाट एकाधिकारको गलत प्रयोग नगर्न समेत रुपन्देही उद्योग संघले आग्रह गरेको छ ।
यो समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा समेत प्राधिकरणले चासो नदिनुले उद्योग प्रति प्राधिकरणको भूमिका सकारात्मक हुन नसेको भन्दै संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij