सैनामैना ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड मुर्गिया शाखा रूपन्देहीले शुक्रबार एक कार्यक्रम बीच सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५र७६ मा नियुक्त हुने व्यावसाय संयोजक तथा एजेन्सी म्यानेजरहरूलाई शाखा कार्यलयमा टिका र खादाले सम्मान गरिएको शाखा प्रमुख केशव श्रेष्ठले बताए ।
अनौपचारिक रूपमा सम्पन्न भएको कार्यक्रममा बीमा अभिकर्ता संघ मुर्गिया शाखा समितिका अध्यक्ष धर्मराज शर्मा, बरिष्ठ एजेन्सी म्यानेजरहरू बिजय ढकाल र रण बहादुर चौधरी, एजेन्सी म्यानेजर तथा पत्रकार सुरज थापा मगर, एजेन्सी म्यानेजर बाबुराम पौडेल लगायतले नव नियुक्त व्यावसाय संयोजक तथा एजेन्सी म्यानेजरहरूलाई आफुले आफुलाई हौसला दिएर अगाडि बढ्नको लागि हौसला प्रदान गरेका थिए ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको पहिलो नम्बरमा रहेको उत्कृष्ट कम्पनी हो । यस कम्पनीमा ५ लाख भन्दा बढी अमिकर्ता रहेका छन् । भने यस कम्पनीले आर्थिक वर्ष २०७५र७६ मा १० अर्बको कारोबार गरेको नेपालको पहिलो कम्पनी भएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्