JanataToday.com

Advertisment

SKIP THIS

देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नया समिति गठन

देवकोटाको अध्यक्षतामा सितोरियो कराते संघको नया समिति गठन

बुटवल-सितोरियो कराते संघ, रुपन्देहीको बुटवलमा आयोजित दोस्रो अधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सितेरियो खेलाडी तथा प्रशिक्षक कृष्ण देवकोटाको अध्यक्षतामा १७ सदस्यीय नया जिल्ला कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट गठिन समितिको उपाध्यक्षमा सन्तोष सिंह र बासु बस्याल, सचिबमा मिनराज गिरी, स–सचिबमा भुपेन्द्र सिंह थापा र कोषाध्यक्षमा प्रेम बहादुर राना तथा सदस्यहरुमा जिबन थापा, बिजय सापकोटा, अर्जुन श्रेष्ठ, राम बृक्ष ठाकुर, मनोज थापा, मन्जिल सुबेदी, बुध्दिमान थारु, शिब नारायण चौधरी, रश्मि पाण्डे र उर्मिला केवट रहेका छन् ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाको प्रमुख आतित्यथा तथा नेपाल सितेरियो संंघका केन्द्रिय प्रतिनिधि अमिर राईको रोहबरमा भएको संघको दोस्रो अधिवेशनमा बोल्ने बक्ताहरुले नेपालको खेलकुदको विकासका लागि खेलाडीहरुको संरक्षण र शारिरीक विकासमा जोड दिनु पर्ने बताएका थिए । उनीहरुले कोरोना संक्रमणका कारण खेल गतिविधिमा पारेको प्रभाव र आएको सुस्ततालाई तोडेर प्रतियोगिताहरु आयोजना गर्ने बातावरण बनाउन सबै लाग्नु आग्रह गरे ।
अधिवेशन संंघका अध्यक्ष उमेश थापाको अध्यक्षता, सचिव संंतोष सिंहको सञ्चालनमा भएको थियो । संघका नवनिर्वाचित अध्यक्ष देवकोटा मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष एवंं नेकपा जिल्ला कमिटी युवा तथा खेलकुद बिभाग सदस्य हुन ।

प्रकाशित मिति : आइतबार, साउन १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij