बुटवल
कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै रुपन्देही विद्यार्थीले संघले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान विरुद्ध प्रदर्शन गरेका छन् कोरोना महामारीका कारण कक्षा ११ परीक्षा नलिने भने पनि सरकारले निर्णय परिवर्तन गरी एक्कासी परीक्षा लिने भनेर मानसिक तनाव दिएको र यदि परिक्षा लिनेनै हो भने केही पढ्नको लागि दिन भन्दै विरोध प्रदर्शन भएको हो ।
रुपन्देही विद्यार्थी संघको ब्यानरमा बुटवलमा विभिन्न कलेजका विद्यार्थीले पुष्पलालपार्कदेखि चौराहासम्म हुँदै राष्ट्रिय परिक्षा बोर्ड सम्म प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । परीक्षा नहुने विश्वासमा तयारी नगरिएको र कक्षा १२ को कोर्स पढ्न थालेको बेला पुनः परीक्षा लिन लागिएको भन्दै विद्यार्थीहरु रुष्ट भएका छन् । भने कतिपय हाम्रो साथिहरु सहर भन्दा टाढा छन र तिनिहरुको निम्ति तयारी नपुग्ने गरि माध्यमिक विद्यालय संघ ९हिसान० ले परिक्षा तालिका सार्बजनिक गरेको भन्दै बिरोध गरेका थिए। विद्यार्थीहरुले पीसीआर टेस्ट विना परीक्षा नलिन र मानसिक तनाव नदिन सरकारसंग माग गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘नो इक्जाम विथआउट पीसीआर’, ‘नो इक्जाम नो कोरोना’, ‘विद्या भन्दा स्वास्थ्य ठूलो’, ‘इनफ इज इनफ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेको र विभिन्न चाडपर्वको समयका बेला परीक्षा लिन लिनु उपयुक्त नभएकाले विरोध प्रदर्शन गरिएको विद्यार्थीहरुको भनाई छ । धेरै विद्यार्थीहरु बसमार्फत कलेज पुग्नुपर्ने भएकाले कोरोना संक्रमणको जोखिम हुने विद्यार्थीको तर्क छ । राजमार्ग चौराहमा कोणसभा गर्दै विद्यार्थी संयोजक मन्दिल खनालले कोरोना र लकडाउनका कारण तितरवितर भएका विद्यार्थीलाई बिना तयारी भदौमा परीक्षा लिने निर्णय गर्दा परिक्षामा सामेल हुन समस्या हुने भएकाले विरोधमा उत्रिएको बताए । उनले स्थानीय तह, हिसान लगायतका संघसस्थामार्फत पनि विना सावधानी भदौमा परिक्षा लिने सरकारी निर्णय सच्चाउन माग गरेको जनाए । राष्ट्रिय परिक्षा बोर्डमा बिज्ञापित दिएको र हामिले हाम्रो माग पुरागर्न हामिले यसरी सडकमा उत्रनुपरेको हो उनको भनाइ रहेको छ ।
हामीलाई केही समयको लागि समय दिनु पर्नेछ, हामीलाई दिएको समयमा हामिले परिक्षाको निम्ति तयारी गर्न नसकिने हुनाले हामीलाई अनुकूल समयमा परिक्षा लिनु पर्ने र बिधालयले लकडाउनको समयमा अन्लाईन कक्षा संचालन गरेको भन्दै बिद्यार्थी सँग शुल्क उठाएकोले हामीले बिधालय लगायत शैक्षिक क्षेत्रमा चेतावनी दिएको कालिका मानव ज्ञानका बिद्यार्थी समीर तामाङले जानकारी दिए साथै राष्ट्रिय परिक्षा बोर्ड प्रदेश ५ का प्रमुखले हाम्रो मागको कुरा आजै भक्तपुर राष्ट्रिय परिक्षा बोर्डको केन्द्रमा पुराउने भनिएको पनि जानकारी दिए।
प्रकाशित मिति : सोमबार, साउन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्