बुटवल—लायन्स क्लब अफ मणिग्राम ले फुट फ्रेस हात धुने पानी टंकी तिलोत्तमा नगरपालीका स्थीत कुन्जलापुर मा रहेको कुन्ज पार्क मा हस्तारण गरेको छ ।
कोभिड १९ को माहामारीले विश्व जगतमै तहसनहस गरेको बेला सामाजीक क्षेत्रमा कामगर्ने सस्था लायन्स ले हातले नछौइकन धुनमिल्ने पानी टक्की दास्रो चरणमा पानी टक्की बितरण गरिएको लायन्स मणिग्रामका अध्यक्ष एम.जे.एफ सुरज कुमार लम्सालले बताए ।
कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का गर्भनर एम.जे.एफ शम्भु नकर्मीले खुट्टाको प्रयोगबाट हात धुने पानी टैंकीले केही हद सम्म कोरोनाको जोखिम न्युनीकरण गर्ने र लायन्स क्लब मणिग्रामले सामाजीक क्षेत्रमा गरेको पशंसा गरे । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ सेकेन्ड भिडिजी एम.जे.एफ रामप्रसाद भट्ट,एरिया चिफ एम.जे.एफ संन्दीप कसौधन लगाएत बोलेका थिए । फुट फ्रेस पानी टंकी कुन्ज पार्क ब्यवस्थापन समितीका अध्यक्ष लोक पुन लाई हस्तारण गरिएको मनोज सेन्चुरीले बताए ।
अध्यक्ष लम्सालले विगतका दिनमहरुमा पनि कोभीड १९ लक्षित विभिन्न क्रियाकलाप गरेको जानकारी दिदै आगामी दिनमा पनि कुनै पनि विपत्ती वा महावित्तीको सबै जनामिलेर डटेर सामान गर्नुपर्ने र यसमा क्लवले सधैभ साथ दिने प्रतिवद्धता समेत जनाएका थिए ।
प्रकाशित मिति : सोमबार, साउन २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्