काठमाडौं ।
सरकारले कोरोना सक्रिय संक्रमित २ सयभन्दा बढी जिल्लामा आवतजावत बन्द गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा.युवराज खतिवडाले सरकार लकडाउनको अवस्थामा नफर्किएको बताउँदै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा आवतजावत बन्द गरिएको बताउनुभयो ।
उहाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा यो नियम लागु हुनेछ । ती जिल्लामा आवातजावत गर्नुपरेमा सम्बन्धित स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले पनि कारण खुलाएर अत्यावश्यक कामका लागि मात्रै पास जारी गर्नुपर्ने निर्णय सरकारले गरेको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्