सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढ्यो

सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

कोरोना सङ्क्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले भाउ महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । तर रुसले कोरोनाविरुद्धको खोप तयार गरेको दाबी गरेपछि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ युरोपियन देशले खोपमा अविश्वास गरेपछि आज फेरि भाउ बढेको हो ।

प्रकाशित मिति : बिहिबार, साउन २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij