आज ५२५ नयाँ कोरोना संक्रमित थपिए

आज ५२५ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा आज थप ५२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार थप ५२५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

विभिन्न ३८ प्रयोगशालामा गरिएको ९ हजार ८५९ परीक्षणमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै काेराेना संक्रमितकाे संख्या २४ हजार ९५९ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८३७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : बिहिबार, साउन २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij