नेकपामा विवाद सुल्झाउन विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

नेकपामा विवाद सुल्झाउन विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ।

शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो।

कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल छन्।

कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ।

यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो। बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

ओलीसँगको छलफलपछि उनले थापागाउँस्थित एक निजी कलेजमा आयोजित भेलालाई सम्बोधन गरेका थिए।

उक्त भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुषाल, स्थायी कमिटी सदस्य गोकर्ण विष्टसहित प्रदेश-५ का दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य उपस्थित थिए।

बिहीबारको  बैठकपछि प्रचण्डले आफूपक्षीय नेता कार्यकर्तालाई ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij