आइतबार नेपालमा थप ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा थप ६४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
विभिन्न ३९ प्रयोगशालामा गरिएको १२ हजार २४७ परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार आज २१८ महिला र ४२३ पुरुषमा संक्रमण पुष्टि भएकाे हाे ।
यससँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ ।
कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । कुल संक्रमितमध्ये ६५ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्