रुपन्देहीको सियारी गाउँपालिकामा समुदायस्तरमा कोरोना परिक्षण सुरु

रुपन्देहीको सियारी गाउँपालिकामा समुदायस्तरमा कोरोना परिक्षण सुरु

 

रुपन्देही– रुपन्देहीको सियारी गाउँपालिकामा समुदायस्तरमा कोरोनाको अवस्था अध्ययन गर्न थालिएको छ । समुदायमा कोरोना फैलिएको हुनसक्ने अवस्थाको बारेमा जानकारी लिन समुदायस्तरमा कोरोना परीक्षण सुरु भएको हो । पालिकाको वडा नं. ७ अमुवा बजारमा औषधी पसलका सञ्चालक, होटेल तथा किराना ब्यवसायी, फलफुल ब्यवसायी, विद्युत, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, वडाका कर्मचारी, वडाका जनप्रतिनिधि लगाएत स्थनीय उच्च जोखिममा रहेकाहरुको कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरिएको छ । यसले समुदायमा कोरोनाको सङ्क्रमण पुगेको छ कि छैन भनेर यकिन गर्न सकिने सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताउनुभयो । भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गर्न थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नु भयो –“समुदायस्तरमा कोरोना परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाएको छ ।” गाउँपालिकाले समुदायका ३० जनाको स्वाब सङ्कलन गरिएको गाउँपालिका उपाध्यक्ष तथा प्रबक्ता अमृता गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो–“अहिले उच्च जोखिममा रहेकाहरुको परिक्षणका लागि स्वाव संकलन गरिएको छ, कोरोना भाइरसको अवस्था बुझन गाउँपालिकाको उच्च जोखिममा रहेका सबै वडामा परिक्षणको दायरा बढाईने छ ।” पालिकामा हाल सम्म कोरोना भाइरस सङ्क्रक्रमितहरुको सङ्ख्या १५ पुगेको छ । जस मध्ये ६ जना डिस्चार्ज भएका छन् भने उपचारको लागि आइसोलेसनमा ९ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवास्था समान्य रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म विदेशबाट फर्किएका अधिकांश सङ्क्रमित भएका छन् भने स्थानीय स्तरमा तीन जना सङ्क्रमित भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । यस्तै गाउँपालिकाले वडा नं.२ मा निर्माण गरेको आईसोलेशन तथा क्वारेन्टाईनको अवस्था र क्वारेन्टाईनमा बसेकाहरुको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष अयोध्या थारु र प्रमुख प्रसशाकीय अधिकृत मिन प्रसाद भट्टाराईले मंगलबार अनुगमन गर्नु भएको छ । हाल क्वारेन्टाइनमा २४ जना रहेका छन्, क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण गर्न बाकीं रहेको र आइसोलेसनमा ९ जना रहेका छन् । क्वारेन्टाइन तथा आइसोलेशनमा रहेकाहरुको स्वास्थ्य अवास्था समान्य रहेको स्वास्थ्य शाखा प्रमुख बद्धि बहादुर घर्तीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij