बुटवल ।
थप १७ जना ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतले जनाएका छन् ।
यसअघि महाशाखामा कार्यरत दुई जनामा संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा बसेका थिए ।
पछिल्लो समय सूरक्षाकर्मीहरुमा पनि कोरोना भाइरस संक्रमण बढेर गएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्