बुटवल
बिहीबार साँझ ७ बजे सम्ममा रुपन्देहीमा १७ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।लुम्बिनी प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार ८ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो। संक्रमण भएकामध्ये ८ जना बुटवल उपमहानगरपालिका, ७ जना सिद्धार्थनगर नगरपालिका र २ जना ओमसतियाका रहेका छन्।३ पालिकाका १७ जनामा संक्रमण पुष्टि भएको छ भने देवदहमा एक संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
सिद्धार्थनगरका संक्रमितमध्ये भीम अस्पतालका २ जना र युनिभर्सल मेडिकल कलेजका एकजना स्वास्थ्यकर्मी हुन्। भीमका रेडियोलोजिस्ट र बालरोग विशेषज्ञ तथा युनिभर्सल मेडिकल कलेजका एक जना स्वास्थ्यकर्मी रहेका छन्।
देवदह मेडिकल कलेजमा उपचाररत ७० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको छ। उच्च रक्तचाप, पक्षघात र मधुमेहका बिरामी समेत रहेका उनीमा बुधबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्