वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मृत्यु भएकामध्ये २७ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा विहान ७स्१० बजे उनको मृत्यु भएको डा। दीपक कुशवाहाले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट गम्भिर अवस्थामा वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ४ गते बेलुका ८ः३० बजे वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।
ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता, दम हुने समस्याका कारण ३१ गतेदेखि उनको अलि अर्थोमा उपचार भइरहेको थियो । वीरगञ्ज हेल्थ केयरमा गम्भिर अवस्थामा ६ जना संक्रमित रहेको र २ जनाको स्थिति एकदमै जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्