वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोभिड–१९पोजिटिभ देखिएको छ

वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोभिड–१९पोजिटिभ देखिएको छ

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोनाभाइरस ९कोभिड–१९० पोजिटिभ देखिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो ।

पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।

माधव नेपालका परिवारले तीन पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन् ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij