काठमाडौं ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ ।
सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ ।
यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट चार्टर उडानबाट ल्याइनेछ । वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषदको निर्णय छ ।
कांग्रेसले भने पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पिडामाथि पीडा थप्ने भन्दै विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार वक्तव्य जारी गर्दै भनेका छन्, ६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ रु
एक त चार्टर फ्लाइटको महंगो टिकट काट्नुपर्ने, होटेल क्वारिन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसिआर परिक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने, कांग्रेसले भनेको छ, अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘बर्ग शत्रु’ को ब्यवहार रु
यसले अप्ठ्यारोमा परेका नेपालीको उद्धारमा सरकारको मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत भएको देखिएको कांग्रेसले बताएको छ । साथै दिनमा तीन वटा मात्र उद्वार फ्लाइट गर्दा कतिपय देशका नेपाली घर फर्किन महिनौं लाग्ने चिन्ता समेत व्यक्त गरेको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्