नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित

नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ दोस्रो साताका लागि तोकिएको साधारणसभा कोरोनाभाइरसको महामारीको कारण देखाउँदै अनिश्चित समयका लागि स्थगित गरिएको मंगलबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारणसभा स्थगित भएको उल्लेख छ ।

गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।

स्थगित साधारणसभा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को समन्वय र सहज वातावरणपछि मिति तय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij