शौचालयमा लडेर सशस्त्र प्रहरीको मृत्यु

शौचालयमा लडेर सशस्त्र प्रहरीको मृत्यु

प्युठान ।

प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले विष्टको शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

विष्ट सशस्त्र प्रहरी बल नं. ६ गण सिन्धुपाल्चोकमा कार्यरत वरिष्ठ हवल्दार हुन् । घटनाको इलाका प्रहरी कार्यालय बिजुवारबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बैदवारले बताए ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij