तिलोत्तमा नगरपालिकाको भेटनरी टोल बिहिबारबाट सिल

तिलोत्तमा नगरपालिकाको भेटनरी टोल बिहिबारबाट सिल

तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भेटनरी टोल बिहिबारबाट सिल गरिएको छ ।बिगत २ दिनमा लगातार ५ घरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि भेटनरी टोल सिल गरिएको हो ।
सुरुमा बुटवल उपमहानगर ११ को एक घरको मलामीमा सामेल भएर फर्केका २ जनामा संक्रमण देखिन थालेपछि टोललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखाका कोरोना फकेलपर्शन ईश्वरी पौड्यालले जानकारी दिए ।
नगरको जानकीनगर भित्रको भेटनरी टोलमा अहिले सम्म १२ जनामा संक्रमण पुष्टि भएको छ ।
बिहिबार १ जना ७० बर्षिया महिलाको समेत मृत्यु भएको थियो ।
टोलमा संक्रमितको सम्पर्कमा आएकाहरुको पूर्ण बिवरण नआउँदा सम्म टोललाई सिल गरिएको पौड्यालले बताए ।
बिहिबार थपिएका तिलोत्तमाका १७ जना मध्य ५ जना सोहि टोलका नागरिक हुन् । टोलमा ७ घरका १२ जनालाई संक्रमण पुष्टि भईसकेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij