काठमाडौँ-सरकारले श्रम स्वीकृति खुला गरेको छ । कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि श्रम स्वीकृति रोकिएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको स्पष्ट पारे । मन्त्री यादवले कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको जानकारी दिए ।
उनले भने , “विशेष गरी दक्षिण कोरिया र जापान जान चाहनेका लागि माग आइरहेको छ । कतिपय जाने तयारीमा पनि हुनुहुन्छ तर श्रम स्वीकृति बन्द हुँदा रोकिएको थियो । मन्त्रिपरिषद्ले खुलाउन स्वीकृति दिएसँगै श्रम स्वीकृतिको बाटो खुलेको छ । ”
कोरोनाका कारण गत फागुनको अन्तिम सातादेखि नै श्रम स्वीकृति दिन बन्द गरिएको थियो । नयाँ श्रम स्वीकृतिका लागि सेवाग्राही काठमाडौँ नै आउनुपर्ने भएकाले तत्काल सम्भव देखिँदैन ।
मन्त्री यादवले निषेधाज्ञा अन्त्य भएपछि माग भएका र कोभिड–१९ को जोखिम कम भएका देश जान इच्छुकले श्रम स्वीकृति लिनसक्ने भएकाले श्रम खुल्दैमा नआत्तिनसमेत आमयुवालाई आग्रह गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले दुई लाखको हाराहारीमा मागपत्र आएको तर बन्द भएकाले पठाउन नसकेको दाबी गर्दै आएको छ । तर कोरोना पहिलाका रोजगारदाता कम्पनीबाट आएका माग भएकाले कोरोनापछिको अवस्था भने सङ्घलाई जानकारी छैन । कैयौँ कम्पनी त बन्द हुने अवस्था पनि पुगेको बताइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्