JanataToday.com

Advertisment

SKIP THIS

विश्वमा संक्रमित संख्या दुई करोड ६७ लाख बढी

विश्वमा संक्रमित संख्या दुई करोड ६७ लाख बढी

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ६७ लाख बढी पुगेको छ ।

एकै दिन दुई लाख ८८ हजार सात सय ७१ जनामा संक्रमण पुष्टि भएपछि विश्वमा संक्रमित संख्या दुई करोड ६७ लाख ७२ हजार एक सय ४३ पुगेको हो । कोरोनाका कारण एकै दिन पाँच हजार पाँच सय ४१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या आठ लाख ७८ हजार ६१ पुगेको छ ।

विश्वमा एक करोड ८८ लाख ७९ हजार आठ सय ६० जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ७० लाख १४ हजार दुई सय २२ जना उपचाररत रहेकोमा ६० हजार नौ सय १८ जनाको अवस्था गम्भीर छ ।

संक्रमणबाट प्रभावित हुने मुलुकमध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा हालसम्म ६३ लाख ८६ हजार चार सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१ हजार दुई सय ३९ जना नयाँ संक्रमित थपिए ।

अमेरिकामा ज्यान गुमाउनको संख्या एक लाख ९२ हजार ३२ पुगेको छ । एकै दिन नौ सय ७४ जना संक्रमितको मृत्यु भयो ।

३६ लाख ३० हजार तीन सय ८८ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ६४ हजार ६३ जना उपचाररत रहेकोमा १५ हजार ६९ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा ४५ हजार छ सय ५१ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ४० लाख ९१ हजार आठ सय एक पुगेको छ । कोरोना संक्रमित एक लाख २५ हजार पाँच सय ८४ जनाको मृत्यु भएको छ ।

३२ लाख ७८ हजार दुई सय ४३ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । छ लाख ८७ हजार नौ सय ७४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ८७ हजार एक सय १५ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ४० लाख २० हजार दुई सय ३९ पुगेको छ । ६९ हजार छ सय ३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार ६६ जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।

३१ लाख चार हजार पाँच सय १२ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । आठ लाख ४६ हजार ९२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब बनेको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij