JanataToday.com

Advertisment

SKIP THIS

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं –नेपाल राष्ट्र बैंकले राजश्व संकलनका लागि तीन दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशनसँगै आगामी बिहीबारसम्म तीन दिन बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेपछि राष्ट्र बैंकबाट सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न यस्तो निर्देशन आएको हो ।

सजिलो तरिकाले राजश्व तिर्ने वातावरण बनाउन र सीमित शाखामात्रै खोल्दा भीड अत्याधिक हुुने भएकाले सबै शाखा खोल्न निर्देशन दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । उनका अनुसार कोरोना महामारीका कारण पछिल्लो केही समययता बैंकले कम मात्रामा शाखा कार्यालयहरु खोलेर सेवा प्रवाह गरिरहेका छन् । ढकालले कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सबै मादपण्ड पालना गर्ने कुरामा भने जोड दिइएको जनाए ।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij