कपिलवस्तुमा जारी लकडाउन निषेधाज्ञा खुकुलो,होटल तथा यातायात खुल्ने

कपिलवस्तुमा जारी लकडाउन निषेधाज्ञा खुकुलो,होटल तथा यातायात खुल्ने

कविलबस्तु।

कपिलवस्तुमा जारी लकडाउन निषेधाज्ञा खुकुलो पारिएको छ । यस अघि जिल्ला प्रशासन कार्यलयले जारी गरेको निषेधाज्ञाको समय आज राती १२ बजेबाट सकिदै छ । आज कोरोना संकट ब्यवस्थापन समितीको बैठक बसी अर्को सुचना जारी नभएसम्मको लागि लकडाउन थपिएको छ । तर अहिले जारी गरिएको लकडाउन खुकुलो भएको हो । यस अघि यातायात तथा होटलहरु पूर्ण रुपमा बन्द गरिएको मा अब यातायात तथा होटलहरु खुल्ने भएका छन् । तर सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको भने अनिवार्यरुपमा पालना गर्नुपर्ने छ
अब होटल, रेस्टुरेन्ट, बजार, सरकारी कार्यालय, बैक, उद्योग धन्दा यातायता खुल्ने भएपनि नेपाल सरकारले जारी गरेको मापदन्डको पालना गर्न प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आग्रह गर्नुभयो । उहाले होटल र यातायातको विषयमा केन्द्र सरकारकै निर्णय कायम गरिएको बताउनुभयो ।
यस्तै जिल्लामा कुनैपनि मेला, महोत्सव, जात्रा गर्न, जुलुस गर्न तथा मानिसहरु भेलाहुन पाउने छैनन् भने नियमित पुजा पाठ बाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधी गर्न पूर्ण रोक लगाइएको छ ।
यस्तै शैक्षिक संस्था, प्रशिक्षणकेन्द, ट्यूसन सेन्टर लगाएत जमघट हुने गतिविधी गर्न पूर्णरुपमा रोक लगाइएको छ । जारी लकडाउनको अवधीमा सबैप्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरन्जन स्थल, शैलुन, ब्यूटीपार्लर, स्विमिङ पुल, जिमखाना, समुहमा खेल्ने खेलहरु कर्वडहल, पुस्ताकालय तथा संग्राहलय पनि पूर्ण रुपमा बन्द हुने छन् ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij