बाँके-बाँकेमा प्लाज्मा थेरापी विधिबाट उपचार गराइरहेका एक जना कोरोना भाइरस संक्रमित ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा २१ पुरैनीका उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबारराति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । भदौ २० गते उपचारका लागि अस्पतालमा भर्ना भएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।
प्लाज्मा थेरापीबाट उपचार गराइए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि उनको भेन्टिलेटरको सहायताबाट थप उपचार थालिएको थियो । मृतकको फोक्सोमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
हालसम्म बाँकेमा कोरोना संक्रमित १० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्