कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारसँग ठोस योजना छैन: प्रदेश ५प्रदेश सभा सदस्यहरु

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारसँग ठोस योजना छैन: प्रदेश ५प्रदेश सभा सदस्यहरु

बुटवल ।

प्रदेश ५ प्रदेश सभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले मुलुकमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला समेत कोरोना परिक्षणको दायरा नबढाउनुले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारसँग ठोस योजना नभएको प्रष्ट भएको बताएका छन् ।
प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले कोरोना नियन्त्रण गर्ने तर्फ सरकारले कुनै योजना ल्याउन नसकेको भन्दै भएका प्रयोगशालाहरुबाट समेत कोरोना परिक्षण नगरेर सरकारले जनता मार्न लागेको त होइन भनि प्रश्न गर्नुभयो।
विदेशमा रोजगारी गुमाएर स्वदेश आएका युवाहरु रोजगारीको अभावमा कोरोनाको महामारीकाबीच रोजगारीका लागि पुन भारत लगायतका देशमा जान बाध्य भएको बताउदै उनले भाषणमा युवाहरुलाई स्वरोजगार बनाउने ठूला कुरा गर्ने सरकारले युवाहरुकालागि कुनै योजना ल्याउन नसकेको दाबी गर्नुभयो ।
युवाहरुलाई कृषि पेशामा आकर्षित गर्ने योजना ल्याउनुपर्नेमा सरकारले कृषिका नाउमा ल्याइएका केही कार्यक्रम पनि कार्यकर्ता पोष्नमै सिमित भएको उनको आरोप थियो ।
कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणमा वजेट अभाव देखाउने सरकारले कार्यकर्ता पोष्नकै लागि नयाँ संरचना थप्न लागेको आरोपव लगाउदै उनले प्रदेश सरकारले ल्याएको प्रदेश पूर्वाधार विकास प्राधिकरणको औचित्यमाथि प्रश्न उठाउनुभयो।
प्रदेशसभा बैठकको बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले सरकारले समवेदना सहितको भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।
जनतामा कोरोना भाइरसको त्रास फैलाएर सरकारले कोरोना नियन्त्रणका नाउमा भ्रष्टाचार गरेको भन्दै उहाले ‘सरकारले एकातिर कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाहरुप्रति समवेदना दिन्छ अर्कोतिर भ्रष्टाचार पनि गर्छ’ उहाले भन्नुभयो।
अर्का प्रदेश सभा सदस्य तारा जिसीले पनि सरकारले कोरोना नियन्त्रणमा सरकार असफल भएको दाबी गर्नुभयो।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको रोष्ट्रममै उभिएर साउन महिना भित्रमा कोरोना भाइरस संक्रमण स्थिर हुने र साउनपछि नियन्त्रण हुने प्रक्षेपण गरेको स्मरण गराउदै उहाले मुख्यमन्त्रीको प्रक्षेपण फेल खाएको बताउनुभयो।
उहाले एमसिसि परियोजना र संघीयताको समेत बिरोध गर्नुभएको थियो ।
नेकपाका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले भने प्रतिकूल परिस्थितीका बाबजुद प्रदेश सरकारले ७९ प्रतिसत वजेट खर्च गर्न सफल भएको भन्दै प्रदेश र स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाए मात्रै संघीयता बलियो हुने बिचार व्यक्त गर्नुभयो ।
आज बसेको प्रदेश सभाको छैठौं अधिबेशनको २५ औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलको तफैबाट आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।
आजै बसेको प्रदेश सभाको बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले यसअघि प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै गलत कामको बिरोध र राम्रा कामको प्रसंसा गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रदेश सभाको अर्को बैठक यही असोज ७ गते बुधबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij