प्रदेश ५ प्रदेश सभाको बैठक मंसिर २६ गते बोलाउने तयारी, यी हुन् मन्त्रिपरिषद्का निर्णय

प्रदेश ५ प्रदेश सभाको बैठक मंसिर २६ गते बोलाउने तयारी, यी हुन् मन्त्रिपरिषद्का निर्णय

बुटवल । प्रदेश ५ प्रदेश सभाको बैठक यही मंसिर २६ गते बस्ने भएको छ।

मन्त्रिपरिषद् बैठकले २६ गते दिउसो १ बजे प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश सभाको यो हिउँदे अधिवेशनमा कानुन निर्माणलाई प्राथमिकता दिने सरकारको तयारी छ । त्यसका लागि सरकारले १५ भन्दा बढी विधेयकहरु तयार पारेको छ ।

२६ गते बैठक बसेपनि कात्तिक ४ गतेसम्मका लागि स्थगित हुने उनले बताए । कांग्रेस महासमिति बैठक भएकाले त्यसपछि मात्रै बैठक बस्ने तयारी गरिएको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले दाङ घोराही ८ ढिकापुर गाउँलाई वडा नम्बर ९ मा गाभ्ने प्रस्ताव आएकाले स्वीकृत गर्दै संघीय सरकारमा पठाउने निर्णय गरेको छ ।

सार्वजनिक खरिदसम्बन्धी कार्यविधि पारित गरेको छ भने प्रदेश सहकारी विधेयक सदनमा पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij