नेपाली कांग्रेस बुटवल ११ मा इकाई गठन

नेपाली कांग्रेस बुटवल ११ मा इकाई गठन

 

बुटवल -नेपाली कांग्रेसले संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ । कांग्रेसले बुटवल वडा न ११ मा संगठन विस्तार अन्तरगत ईकाइ समिति गठन गरेको हो । शिरान गाउ टप मजुवामा आयोजित भेला वाट सर्वसहमतीमा कार्य समिति चयन गरेको हो । मतदान सभापती कृष्णमान कुवंरको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै कांग्रेस नगर सभापती खेलराज पाण्डेले आफुहरु हरेक वडामा संगठन विस्तार अभियानमा लागेको बताउनु भयो । उहांले विपदका वेला पनि राज्यको अनुभुती जनतामा नभएकोले कांग्रेसलाई पनि सक्रयि हुन नागरिकहरुको आग्रह रहेको उनको भनाई रहेको छ ।

सो अवसरमा वडा सभापती चित्र वहादुर वर्माले कम्युनिष्टहरुको झुठा आश्वासनका कारण हिजो मतदान गरेपनि अव कांग्रेसको माग हरेकले गरेको बताउनु भयो ।

भेलाले लक्ष्मी कंडेलको अध्यक्षतामा ९ सदस्यीय ईकाई समिति गठन गरेको छ । जसमा उपाध्यक्ष रत्न वहादुर गुरुङ सचिवमा विक्रम गुरुङ, कोषाध्यक्ष शान्ता न्यौपाने, सहसचिव हरि वहादुर गाह रहेका छन् । त्यसैगरि समितिको सदस्यहरुमा नेत्र पोख्रेल, तारापती गौतम, शरन कुमार वाईवा, सिंह वहादुर पंगेनी लगायत रहेका छन् ।

त्यसैगरि इकाई समितिको सल्लाहरहरु पनि चयन गरेका छ । जसमा हरि कंडेल सल्लाहकार संरक्षक तथा मिन वहादुर विक, अत्म वहादुर राना र ओम भण्डारीलाई सल्लाहकारमा चयन गरिएको छ ।

कार्यक्रममा कांग्रेस नगर सदस्य सुवास रायमाझि, बडा सचिब दुर्गा बहादर खत्रि लगायतले बोल्नु भएको थियो ।

 

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij