चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेस नेताहरुको आपत्ति : सरकारको आधिकारिक धारणा माग

चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेस नेताहरुको आपत्ति : सरकारको आधिकारिक धारणा माग

काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको काँग्रेसले राजदूत पाण्डेले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि राजदूत पाण्डेले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् ।

‘जननिर्वाचित संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो ररु,’
निधिको प्रश्न छ ।

निधिले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण वर्तमान राजनीतिक प्रणालीमाथि खतरा उत्पन्न भएको बताए ।

यस्तै नेपाली काँग्रेसका नेता गगन थापाले पनि राजदूत पाण्डेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारी धारणा के हो भन्द प्रश्न गरेका छन् ।

थापाले ग्लोबल टाईम्समा राजदूत पाण्डले दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरीत भएको बताए ।

थापाले ट्वीटरमा लेखेका छन्, ुचीनका लागि नेपाली राजदूतले ग्लोबल टाईम्समा दिनुभएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित छ। परराष्ट्रमन्त्रीज्यू राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो रु होईन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।ु

अन्तराष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवांछनीय हुने थापाको भनाइ छ ।

ुअन्तराष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदुतबाट हलुका टिप्पणी सदा अवांछनीय हुन्छ। यतिखेर भार(चीन,नेपाल(भारत र नेपाल(चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दैगएको छ। यो समयमा राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कुटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ,ु थापाले भनाइ छ ।

यसैगरी काँग्रेसका नेता गुरुराज घिमिरेलले राजदूत पाण्डेको अभिव्यक्ति संवेदनहीन र गैरकुटनीतिक भएको दाबी गरे । उनले ट्वीटरमा लेखेका छन्,ुनेपालको हुम्ला जिल्लाको भौगोलिक सिमाका बिषयमा बेइजिङमा रहेका नेपालका राजदूत महेन्द्र ब।पाण्डेको अभिव्यक्ति संवेदनहीन र गैर कुटनीतिक देखिन्छ।ु

उनले थपेका छन्, ुउनको काम राष्ट्रको हितमा चिनसँगको सम्बन्धलाई अझ सुमधुर बनाउने हो । एउटा छिमेकीको अनावश्यक पैरवी गरेर अर्को छिमेकीलाई आधारहिन गालीगर्ने होइन।ु

काँग्रेसका नेता उदय शमशेर राणाले पनि विदेशमा रहेका नेपाली राजदूतहरुले राष्ट्रिय हितका रुपमा सेवा गर्दै नेपालको पक्षमा बोल्नुको सट्टा राजदूत भएको देशको पक्षमा बोल्दै आएको बताए ।

पूर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले राजदूतले आफूले गर्नुपर्ने भन्दा विपरीत काम गरेको टिप्पणी गरे ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको बताए ।

चीनसँगको सीमा विवाद नभएको तथा अहिले मिडियामा आइरहेको विषय भारतको इसारामा प्रोपोगण्डाको रुपमा आइरहेको राजदूत पाण्डेले अन्तर्वार्ताका क्रममा बताएका थिए।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij