कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

सुनसरीको इटहरीबाट उपचारका लागि ल्याइएका वृद्धको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको हो । उनलाई बुधबार नै अस्पतालमा भर्ना गरिएको थियो । उपचार थालिएको डेढ घण्टा पुग्न नपाउँदै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा। दीपक सिग्देलका अनुसार वृद्धको मृत्यु बुधबार १२ः३५ बजे भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर कोभिड अस्पताल ल्याइएको थियो ।

यसैगरी बुधबार बिहान नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीको हरिनगर–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोसी अस्पतालको कोभिड कक्षमै बुधबार बिहान ४ बजे मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij