कोरानाकालमा घट्यो हुण्डि, बढ्यो रेमिट्यान्स

कोरानाकालमा घट्यो हुण्डि, बढ्यो रेमिट्यान्स

काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोना भाइरस ९कोभिड(१९० को निकै ठूलो असर परे पनि नेपाल भित्रने रेमिट्यान्स ९विप्रेषण० मा भने सकारात्मक प्रभाव परेको छ ।

नेपाल पूर्ण लकडाउन भएर वैदेशिक रोजगारीमा जाने क्रम ठप्प हुँदा पनि रेमिट्यान्स आप्रवाहमा बढोत्तरी देखिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले ११ चैतदेखि देशमा पूर्ण लकडाउन गर्‍यो । बिचमा खुला भएको लकडाउनलाई ३ साउनमा जारी निषेधाज्ञाले निरन्तरता दिएको थियो ।

निकै कडाइका साथ लागू भएको निषेधाज्ञाको अवधीमा वैदेशिक रोजगारीमा एकजना पनि जान पाएनन् । अन्तर्राष्ट्रिय उठान ठप्प रह्यो । तर यहिँ अवधीको साउनमा २३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढ्यो । राष्ट्र बैंकको तथ्यांकले २०२० जुलाईमा रेमिट्यान्स धेरै भित्रिएको देखाउँछ ।

रेमिट्यान्स सेवा सञ्चालकहरु जुलाईमा बढी रेमिट्यान्स भित्रनुमा मुख्य दुई कारण रहेको बताउँछन्( पहिलो, नेपाली श्रमिकले कोरोना महामारीको सुरुआती चरणमा रोकिएको तलब(भत्ता एकमुष्ठ पाउनु र दोस्रो, अनौपचारिक माध्यम अर्थात हुण्डि कारोबारमा गिरावट आउनु ।

हुण्डि कारोबार गर्नेलाई जेल सजाय हुने कानुनी व्यवस्था छ । तर कतिपय व्यवहारिक कठिनाइका कारण धेरै देशहरुबाट हुण्डिमार्फत रकम आउने गरेको छ । २० प्रतिशतभन्दा बढी रेमिट्यान्स हुण्डिबाट नेपाल भित्रने गरेको अनुमान छ ।

कोरोना नियन्त्रणका लागि धेरै देशमा बन्दाबन्दी भयो । नेपालमा पनि ६ महिना लामो बन्दबन्दी भयो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु खुला रहे । यसरी औपचारिक माध्यमबाट रेमिट्यान्स आउने क्रम बढेर हुण्डि लगभग ठप्पै भएको नेपाल रेमिटर्स एशोसिएसनका पूर्व अध्यक्ष दिवाकर थापा बताउँछन् ।

लकडाउनको अवधिमा हुण्डि कारोबारीहरु पक्राउ परेका समाचारहरु पनि आएनन् । यसले पनि हुण्डि कारोबार नभएको वा कम भएको अनुमान गर्न सकिन्छ ।

कोरोनाको जोखिम बढ्दै जादा रेमिट्यान्समा ठूलो धक्का पर्ने धेरैको अनुमान थियो । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६र०७७ मा रेमिट्यान्समा ५ प्रतिशत भन्दा बढी गिरावट आउने अनुमान गरेको थियो । विश्व बैंकले त यो गिरावट १४ प्रतिशतसम्म झर्ने अनुमान गरेको थियो ।

तर केन्द्रीय बैंकले गत आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दा यि अनुमानहरुले पल्टा खायो । तथ्यांक अनुसार गत आवमा ८ खर्ब ७५ अर्ब ३ करोड रेमिट्यान्स नेपाल भित्रियो । आव ०७५र७६ को तुलनामा यो ०।५ प्रतिशत मात्र कम हो ।

आव ०७५र७६ मा विप्रेषण आप्रवाह १६।५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३।३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७।८ प्रतिशतले बढेको थियो ।

चालु आवको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल पठाए । यो पनि अनुमान विपरीतको तथ्यांक थियो । वैदेशिक रोजगारीमा जाने क्रम ठप्प भएको बेला यत्रो रकम भित्रिएको हो । केन्द्रीय बैंकका अनुसार चालु आवको साउनमा अघिल्लो महिनामा भन्दा २३ प्रतिशत बढी रेमिट्यान्स आयो ।

अघिल्लो वर्षको साउनमा असारको भन्दा जम्मा २ प्रतिशत बढी थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४।५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०।७ प्रतिशतले बढेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ९९।२ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १९।० प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०।० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १।३ प्रतिशतले घटेको थियो ।

हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । हुण्डिबाट भित्रिएको रकम न तथ्यांकमा देखिन्छ न त त्यसवापत राज्यले राजश्व पाउँछ ।

राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्ट हुण्डि कारोबार नहुनलाई रेमिट्यान्स बढ्नुको एक कारण मान्छन् । ‘लकडाउनपछि देशमा आयात घट्यो, आयात घटेपछि अवैध रुपमा आयातमा हुन्डीमार्फत प्रयोग हुने रकम पनि बैंकिङ च्यानलबाट नेपाल आएको हुनसक्छ,’ उनी भन्छन्, ‘हुन्डी प्रयोग गर्नेहरु पनि बैंकिङ च्यानलमा आउन बाध्य भएकाले रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हुन सक्छ ।’

खाडी देशहरुमा कार्यरत नेपाली श्रमिकले जम्मा गरेको पैसा घर फर्किनुअघि पनि पठाएको हुनाले रेमिट्यान्स आप्रवाह बढेको उनको अनुमान छ । कतिपय नेपालीले घरमा संकट परेका बेला आफूसँग भएको पैसा पठाएको प्रभाव पनि यसमा देखिएको उनले बताए ।

नेपाल रेमिटर्स एशोसिएसनका पूर्व अध्यक्ष थापा पनि नेपाली श्रमिकहरुले केहि महिना अगाडिको आम्दानी समेत जुलाईमा पठाएको हुनसक्ने बताउँछन् ।

‘अर्को कुरा, यही बिचमा बकर इद चाड परेकोले खाडीका कतिपय कम्पनीले वोनस दिएका कारण पनि रेमिट्यान्स बढेको हो’, उनी भन्छन्,’कोरोनाका कारण सुरुमा अफिसहरु बन्द थिए, धेरैको तलब लिन बाँकी थियो’ थापा भन्छन्, ‘त्यहिँ बिचमा मुसलमान जगतको चाड आउँदा श्रमिकहरुले अतिरिक्त रकम समेत पाएकाले रेमिट्यान्स बढेको भन्ने लाग्छ ।’

अब भने रेमिट्यान्स भित्रने सिजन नै शुरु भएको छ । यो महिना पनि राम्रै रेमिट्यान्स भित्रने थापा बताउँछन् ।

नेपाल रेमिटर्स एशोसिएसनका अध्यक्ष सुमन पोखरेल कोरोनाका कारण धेरैले रोजगारी गुमाउने र स्वदेश र्फकन बाध्य हुने भएकोले रेमिट्यान्स खुम्चिने अनुमान गरिएकोमा त्यो अवस्था नआएको बताउँछन् । धेरै बेरोजगार होइन, कतिपय देशमा श्रमिकले नगद प्रोत्साहन समेत पाएको उनले बताए ।

अर्को तर्फ विमान सेवा चालु हुँदा सुन, टिभि, मोवाइल लगायतका सामानहरु धेरै आउँथ्यो । लकडाउनमा ती सबै रोकिएर नगदै आउँदा रेमिट्यान्सको आकार बढेको अध्यक्ष पोखरेल बताउँछन् ।

‘भदौं र असोजको अवस्थाबारे चाही अनुमान गर्न गाह्रो छ’, उनी भन्छन्, ‘साउनमा ९२ अर्ब रुपैयाँ भित्रिएकोमा भदौंमा ८०(८५ अर्ब भित्रन सक्छ ।’

प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij