शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बुधबार राति १ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक पुरुषमा गत असोज १० गते कोरोना पुष्टि भएकोमा १२ गते उनी मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा निमोनियाको समस्या देखिएको थियो ।

श्रेष्ठका अनुसार सुर्खेतकी महिलामा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई असोज ८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी पित्त थैलीसम्बन्धिबाट ग्रसित थिइन् ।

प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij