JanataToday.com

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा चार लाख अबैध भारतीय रकम सहित मानिस पक्राउ

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा चार लाख अबैध भारतीय रकम सहित मानिस पक्राउ

 कृष्णनगर-शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित मानिस पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले शुक्रवार साझ करिब ६ बजेको समयमा सो रकम सहित मानिस नियन्त्रणमा लिएको हो । उक्त टोलीले भारत बाट नेपाल आउदै गरेका कृष्णनगर नगरपालिका वडा नं २ बस्ने अन्दाजी ५४ बर्षका पप्पु गुप्ता लाई बिशेष सूचनाको आधारमा चेक जांच गर्दा निजले लुकाई ल्याउदै गरेको चार लाख भारतीय अबैध रकम बरामद भएको छ। सो रकम ५०० को ४०० थान र २००० को १०० थान गरि भारतीय ४,००,०००-/ चार लाख रहेको जस्को नेपाली रकम ६,४०,०००-/ छ लाख चालिस हजार हुन आउछ। आवस्यक कार्यवाहीको लागी राजस्व अनुसंधान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की ले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij