क्रान्तिकारी माओवादीले सरकारविरुद्ध आन्दोलन गर्ने

क्रान्तिकारी माओवादीले सरकारविरुद्ध आन्दोलन गर्ने

बुटवल । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बुटवलमा सम्पन्न बैठकले सरकारका कामकारबाही जनताको चाहनाअनुसार नभएको भन्दै आन्दोलन थाल्ने भएको छ ।

मंसिर १२ गतेदेखि १७ गतेसम्म बुटवलको ढवाहमा बसेको बैठकले गरेका निर्णय बुटवलमा सार्वजनिक गर्दै पार्टी महासचिव मोहन वैद्य किरणले सरकारले राष्ट्रियता, जनतन्त्र,जनजीविका, हत्या, हिंसा, बलात्कार, भ्रष्ट्राचार, कर बृद्धि, सीमा अतिक्रमण जस्ता विषयमा चासो नदिएको बताए।

उनले केपी ओली नेतृत्वको सरकार संसदीय भुलभुलैयाको सरकार भएको भन्दै सरकारसँग कुनै योजना नभएको दाबी गरे ।

उनले सरकारले देशमा हत्या हिंसा आतंक मच्चिदा पनि वास्ता नगरेकोमा आलोचना गरे ।

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij