वासिङ्टन-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट सम्बोधन गरेका छन् ।
शनिबार साँझ ट्रम्पले कोरोना संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई सम्बाेधन गरेका हुन् ।
राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरूले उनीबाट कोरोना संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।
राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाका लक्षणहरू नदेखिएको र उनी पूर्ण स्वस्थ रहेको बताए ।
प्रकाशित मिति : आइतबार, असोज २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्