बुटवल
कपिलवस्तु जिल्ला अदालतले कसुर ठहर गरेका फरार प्रतिवादी ८ र रुपन्देहीमा १ जना गरि ९जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा ६ महिना कैद र रु ४हजार जरिवाना लगत असुल हुन बाँकी जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका ३ बस्ने बर्ष ३९ को बिश्राम थारु, वडा नं। ६ बस्ने बर्ष ४२ को नानु भन्ने नान्हु थारु र वडा नं। ११ बस्ने, बर्ष २७ को शिबनारायण थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उरिक्षक धर्म राज भण्डारीले बताउनु भयो ।
त्यसतै कुटपिट मुद्दामा ४५० जरीवाना लगत असुल हुन बाँकी कपिलवस्तु कै कपिलबस्तु नगरपालिका वडा नं।१० बस्ने छबिलाल यादव र निजको घर परिवार समेत ५ जना फरार प्रतिबादीहरुलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएका प्रहरी टोलीले आईतवार नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालत तौलिहवा पठाईएका प्रनाउ भण्डारीले बताउनु भयो ।
यसैगरि गत साउन २९ गते जिल्ला रुपन्देही मायादेवी गाउपालिका वडा न।७ गैरकट्टी स्थित लु १ ह २२५५ न।को टेम्पो दुर्घटना भई सो टेम्पोमा सवार जलालुदिन अनसारीको दुवै खुट्टा भाचिन गई अंगभंग भएको थियो । टेम्पो चालक विरुद्ध गत भदौ ३० गते प्रहरीकोमा जाहेरी परेको थियो । कसुरमा संलग्न जिल्ला रुपन्देही सम्मरीमाई गा।पा।वडा न।४ फरेना बस्ने बर्ष २४ को आर मोहम्मद देवान फरार रहेकोमा निजलाई इलाका प्रहरी कार्यालय मर्चवार बाट खटिगएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नाउव उपरिक्षक खड्क बहादुर खत्री बताउनु भयो ।
प्रकाशित मिति : आइतबार, असोज २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्