बुटवल -बुटवल उपमहानगरपालिका वडा न ८ मा रहेको कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले आफ्नो स्थाना दिवशका अवसरमा समाजिक कार्य अन्तरगत रक्तदान गरेको हो । कोभिड संक्रमणका कारण रगतको अभाव भैरहेको सन्द्रभमा रक्तदान जिवनदान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले जानकारी दिनु भयो । सहकारीले आफ्नो वार्षिक कार्यतालिका अनुशार प्रतेक वर्ष रक्तदान गर्दै आएको छ । संस्थाका अध्यक्ष क्षेत्रीको अध्यतामा भएको रक्तदान कार्यक्रममा सहकारीका सदस्यहरु तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजु गुरुङले बतानु भयो । रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । एक हजार ४ सय साधारण सदस्य रहेको सहकारी आफ्नै भवनमा संचालनमा रहेको छ । सहकारीले मानविय तथा रचनात्मक कार्यक्रहरु संचालन गर्दै आएको छ । किसानहरुवाट चामल संकलन गरि सहकारीले सुपथ मुल्यमा विक्रिवितरण गर्दै आएको समेत जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्