बुटवल
लायन्स इन्टरनेशनल ३२५ बि २ नेपाल अन्र्तगत एरिया ४ मा रहेको रिजन ३० को आयोजनामा मंगलबार गुल्मीको कालिगण्डकी गाउँपालिकामा रहेको भगवति मावि अर्बेनीमा औषधीजन्य सामग्री प्रदान गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको क्षती न्युनीकरणका पुर्व सचेतना स्वरुपमा विद्यालयमा स्वाथ्य सामग्री प्रदान गरिएको हो । सिप्ट अनुसार कक्षा संचालन भएको विद्यालयका बिद्यार्थिहरु र शिक्षकहरुलाई अटोमेटिक सेनिटाइजर मेसिन १ थना २ हजार पिस माक्स ,१२ ग्यालेन सेनिटाइजर, १२ पिस स्पेर , थर्मल गन ,प्रत्येक कक्षा कोठा मा कोरोना सचेतना चाट हस्तारण गरिएको रिजन चेयरपर्सन एम.जे.एफ आशिष कृष्ण श्रेष्ठले बताए ।
हस्तारण कायक्रमा बोल्दै रिजनचेयरपर्सन आशिष कृष्ण श्रेष्ठले सामाजीक कार्यमा आफ्नो क्षेत्रमा सिमित नरहेर जहाँ सामस्या छ त्यहाँ पुग्ने बताए । सामग्री बुटवलबाट गाडिमा पठाइको बताए । सामाग्री बितरण कार्यक्रमा लायन्स क्लब बुटवल फुलबारी,लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज ,लायन्स क्लब अफ बुटवल सनसाइन,लायन्स क्लब बुटवल फुलबारी,लायन्स क्लब बुटवल स्मार्ट सिटी,लायन्स क्लब अफ बुटवल सनसार,लायन्स क्लब अफ बुटवल सनसार,लायन्स क्लब बुटवल स्टार्स सहभागीता रहेको थियो । हस्तारण कार्यक्रमा कार्यक्रमा एरिया ४ चिफ एम.जे.एफ संन्दिप कसौधन,जोनचेयरपर्सनद्धय शान्ति पाठक पाण्डे, एमएल पाण्डे लगाएत बिभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधि सहभागीता रहेको थियो
प्रकाशित मिति : बुधबार, असोज २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्