बुटवल।
रुपन्देहीका १ सय २९ सहित लुम्बिनी प्रदेशमा बिहीबार थप २ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशमा ७९ महिला र २ सय १५ पुरुष गरी २ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिए ।
लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमध्ये बिहीबार रुपन्देही जिल्लामा सबैभन्दा धेरै १ सय २९जना, प्युठानका ५२ जना, दाङका ४५ जना, नलवपरासी पश्चिमका ३१ जना,गुल्मीका १५ जना, कपिलवस्तु जिल्लाका १२ जना, पाल्पाका ९ जना र ५÷५ जना र अर्घाखाँचीका ४ जना गरी ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभरबाट थप ३ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्कीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म प्रदेशका १० हजार ६ सय ५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने १ सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशभर हाल ३ हजार ३ सय ९४ जना कोरोना संक्रमित उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्