काठमाण्डौ – सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ ।
यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन बस्ने गरेका थिए । तर कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुखसमेत रहनुभएका डाक्टर अधिकारीले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिनुभएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अस्पतालहरु अहिले सङ्क्रमितले भरिएका छन् ।
स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गरेर कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न पाइने व्यवस्था गरेको हो ।
प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्