नेपालमा कोरोना सङ्क्रमितको संख्या झण्डै १ लाख ६० हजार

नेपालमा कोरोना सङ्क्रमितको संख्या झण्डै १ लाख ६० हजार

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको संख्या झण्डै १ लाख ६० हजार पुगेको छ ।

गएको २४ घण्टामा एक हजार ७ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ लाख ५९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् ।

गएको २४ घण्टामा ४ हजार ५ जना निको भएका हुन् । अहिले नेपालमा ४३ हजार २ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । यस्तै गएको २४ घण्टामा नेपालमा १५ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij