काठमाडौं -पूर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी श्रीतमी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ६ः२५ बजे निधन भएको हो ।
१४ कार्तिकमा उनलाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिपछि हेलिकोप्टरमा दाङबाट काठमाडौं ल्याइएको थियो । उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो ।
सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन् । महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्