कञ्चन गाउपालिका वडा नं. ३ को प्रशासनिक भवन उद्धघाटन

कञ्चन गाउपालिका वडा नं. ३ को प्रशासनिक भवन उद्धघाटन

कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ को प्रशासनिक तथा कार्यलय भवनको आज कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उद्धघाटन गर्नु भएको छ। वडा नं. ३ को प्रशासनिक भवन उद्धघाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनका सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुले भोगचलन गर्दै आएका ऐलानी जग्गाहरुको भोगाधिकार प्रमाण पत्र अर्थात लालपुर्जा दिन कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ।अध्यक्ष क्षेत्रीले देश भर एक स्थानिय तहहरुमा जग्गाधनी पुर्जाको लागि लगत निकाल्ने सरकारको निर्णय भएकोमा सबै भन्दा पहिले कञ्चन गाउपालिकाबाट नापी शुरु हुने तयसको लागि आफु मन्त्रालयमा सम्झौता गर्न यसैसाता काठमाण्डौ जाने कुरा बताउनु भएको छ।

IMG_1371.JPG
स्थानिय सरकारले गरेका राम्रा कामहरु नदेख्ने तर राम्रा कमाहरु भित्रै नराम्रो देखेर प्रचारवाजी गर्नेहरुलाई ईंगित गर्दै अध्यक्ष क्षेत्रीले स्थानिय सरकार निर्माण भएपश्चात कञ्चनका हरेक सडकहरुको स्तर उन्नती,बिधालयहरुको भौतिक पुर्वाधारमा भएको बिकास,कृषकहरुलाई उपलब्ध गराइएको अनुदान र राहत,सिंचाईको ब्यबस्था,स्वच्छ र स्वस्थ पिउने पानीको ब्यबस्था,आवास बिहिनहरुका लागि सुरक्षित आवास सहितको घर,फुसको छानोमा जस्तापाताको छाना छाइदिएर बिपन्न घरपरिवारको मनलाई खुशी बनाएको कुरालाई कुनै छलफलको बिषय बनाइदैन तर साना साना कमजोरीहरुलाई ठूलो बिषय बनाएर प्रचारवाजी गरिनु कसैको धर्म नहुने ताउनु भएको छ।

IMG_1361.JPGचुनावको समयमा जनाएको एउटै महत्वपुर्ण प्रतिबद्धता अर्थात कञ्चनवासी बर्षौं देखिको चाहाना यसै बर्ष भित्र पुरा हुने र हरेकको घरमा भोगाधिकार सहितको लालपुर्जा प्राप्त हुने बताउदै यसलाई पनि दोषी नजरले चुनाव नै देख्ने छन भन्नु भयो ।
प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले निर्माण ब्यबसायीहरु तथा प्राबिधिक रुपमा भएका कमजोरीहरुलारुलाई नसच्याइदा सम्म कसैलाई पनि कुनै भुक्तानी नदिइएने र आफुले प्रतिबद्धता गरेको समय अगाडी नै निर्माण सम्पन्न गरी प्रशासनिक भवन बनाएर उदाहरणिय कार्य गरेकोमा जय देउराली निर्माण सेवा प्रा.लि.लाई धन्यवाद दिदै स्थानिय उपभोक्ताहरुको चासो र निगरानी भए   हरेक बिकासका योजनाहरु छिटो र गुणस्तरीय हुने बिश्वास ब्यक्त गर्नु भएको छ।
कार्यक्रममा कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामु,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनका अध्यक्ष भरतमणी सापकोटा,नेपाली कांग्रेस कञ्चनका उपसभापति यम बहादुर क्षेत्री,राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल,राष्ट्रिय जनमुक्ती पार्टीका भैरब बहादुर थापा मगर,रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिनानाथ आचार्य लगायतले समयमै निर्माण कार्य सम्पन्न गर्ने निर्माण ब्यबसायी जय देउराली निर्माण सेवा प्रा.ली.लाई धन्यवाद दिदै वडाको प्रशासनिक भवनबाट निष्पक्ष र स्वार्थ रहित सेवा प्रवाह हुने र यसै कार्यलयबाटै भ्रष्टचारी आचरणको अन्त्य तथा पादर्शिताको समेत अपेक्षा सहित शुभकामना ब्यक्त गर्नु भएको थियो ।

IMG_1399.JPG
निर्माण ब्यबसायी तथा जय देउराली निर्माण सेवा प्रा.ली.का बिष्णु प्रसाद घिमिरेले कञ्चन ३ को प्रशासनिक भवनको निर्माण कार्य समयमै सम्पन्न गर्नमा स्थानियहरुबाट भएको महत्वपुर्ण सहयोग,नियमित निगरानी र सल्लाह प्रति आभार ब्यक्त गर्दै निर्माण ब्यबसायीलाई हेर्ने दृष्टिकोणमा परिबर्तन ल्याउन पनि आफुले थोरै मुनाफा बोकेर भएपनि गुणस्तरिय काम सहित आफुले बाचा गरेको समय भन्दा ३ महिना अगाडी नै काम सम्पन्न गर्न सफल भएको बताउनु भएको छ। निर्माण ब्यबसायी घिमिरेले सबै निर्माण ब्यबसायी नाफा कमाउनका लागि गर्ने बदनियत कार्य गर्ने मात्र हुदैनन र समृद्ध देश निर्माण बनाउनमा हामी निर्माण ब्यबसायीको पनि महत्वपुर्ण जिम्मेवारी रहेको समेत उल्लेख गर्नु भएको थियो ।

IMG_1385.JPG
कञ्चन गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेको अध्यक्षतामा भएको प्रशासनिक भवनको उद्धघाटन कार्यक्रममा वडा सदस्य चुडामणी सुवेदीले स्वागत गर्नु भएको थियो भने वडा सचिव चक्रपाणी पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।
जय देउराली निर्माण सेवा प्रा.ली.ले गत आ.व. २०७६०७७बाट स्विकृत बजेटको १ करोड ४ लाख रुपैया मध्ये बोल कवोलको आधारमा ८७ लाख रुपैयामा सो भवन निर्माणको लागि जिम्मा लिएको थियो । सो भवन निर्माणका लागि २०७६ माघ २९ गते प्रदेश सभा सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिश्वर ढकालले शिलन्यास गरी निर्माण कार्य शुभारम्भ भएको थियो भने कोभिड १९ का कारण निर्माण कार्य केही समय रोकिएको भएपनि श्रमिकहरुलाई आवासिय ब्यबस्थापन गरी पुन निर्माण कार्य शुरु गरी निर्धारित समय भन्दा ३ महिना अगाडी नै निर्माण सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij