बुटवल
नवलपरासीका एक जना कोरोना संक्रमितको शुक्रबार बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १ का ४७ बर्षे पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
कात्तिक ११ गते कोरोना पुष्टि भएका उनलाइ स्वास्थ्य समस्या देखिएपछि १२ गते बुटवलको कोरोना अस्पताल ल्याइएको थियो । मृत्तकलाइ मधुमेह,उच्चरक्तचाप र पित्तथैली सम्बन्धि दिर्घरोग रहेको र उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतमले बताए । नवलपरासीमा हाल सम्म कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा हाल सम्म १ सय ९१ जना संक्रमितको मृत्यु भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्