काठमाडौं –अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई विभाजित हैन एकताबद्ध पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरे ।
बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको दावी गरेका छन् । ‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,’ उनले भने । आफूलाई मतदान गरे या नगरे पनि म सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुने उनको बाचा छ ।
अमेरिकामा डेमोक्र्याट पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन् । बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट सम्बोधन गरिने कुराको सङ्केत गरेका हुन् । –एजेन्सी
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्