२४ घण्टामा २ हजार ५७१ जनामा काेराेना सङ्क्रमण, १ हजार ७९८ जना डिस्चार्ज

२४ घण्टामा २ हजार ५७१ जनामा काेराेना सङ्क्रमण, १ हजार ७९८ जना डिस्चार्ज

काठमाण्डौ
नेपालमा कोभिड–१९ ९कोरोना भाइरस का सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार दुई हजार पाँच सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११ हजार एक सय ७७ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार सात सय ९८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५९ हजार सात सय २४ पुगेको छ ।

अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय २६ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij