बुटवल ।
बुटवल उपमहानगरको स्वामित्वमा रहेको बुटवल हाटबजारका व्यवसायिक सटरको टेण्डर प्रक्रियामा अनियमितता भएको भन्दै व्यवसायीहरुले पुनः टेण्डर गर्न माग गरेका छन् ।
नगरपालिकाले बिचौलियाहरुलाई घुसाउन नियम विपरित टेन्डर दर्ता गरेको उनिहरुको आरोप छ । टेन्डर दर्ताका लागि सोमबार कार्तिक २४ गते मध्यान्ह १२ बजेसम्म अन्तिम म्याद रहेको भए पनि म्याद नाघेर आएका टेन्डरहरुलाई समेत दर्ता गराइएपछि व्यवसायीहरुले विरोध जनाएका हुन् ।
बुटवल उपमहानगरको व्यवसायीक सटरमा रहेका व्यवसायीहरुले मँगलबार पत्रकार सम्मेलन गरी उपमहानगरले गरेको टेन्डर प्रक्रिया खारेज गरी पुनः अर्को टेन्डर आह्वान गर्न माग गरेका छन् । सटर व्यवसायी संघर्ष समितिका अध्यक्ष खुमानन्द खनालले टेन्डर प्रक्रियामा अनियमितता भएको भन्दै पुनः अर्को टेन्डर गर्न माग गरेका हुन् ।
‘अन्तिम मिति कार्तिक २४ गते मध्यान्ह १२ बजेसम्मको म्याद रहे पनि उपमनागरले त्यसपछि आएका टेन्डरालाई समेत दर्ता गर्नुका साथै राष्ट्रिय वाणिज्य बैंकमा धरौटी रकम जम्मा गरी निवेदनमा भौचर जम्मा गर्नु पर्नेमा नियम विपरित सिधै खाममा पैसा राखेर आएका निवेदनलाई समेत दर्ता गरियो ।’९खनालले भने उपमहानगरले सूचनामा उल्लेख भएको भन्दा फरक ढँगले टेन्डर दर्ता गर्नु गलत हो ।
यता उपमहानगरका वित्तिय व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद खनालले भने टेन्डर प्रक्रिया नियमानुसार भएको दाबी गरेका छन् ।
८७ वटा सटरका लागि कूल ३४१ वटा टेन्डर आवेदन दर्ता भएकामा अन्तिम दिन सोमबार मात्रै १७८ वटा टेन्डर दर्ता भएको उपमहानगरले जनाएको छ ।
१७ वर्ष पहिले शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उप महानगरको नयाँ टेण्डर खोल्ने क्रममा अनियमितता भएको बताएका हुन् । उप महानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टि ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उप नगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष पहिले म्याद समाप्त भएकोमा ब्यवसायीको माग अनुसार २ वर्ष म्याद थपिएको थियो ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्