काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको हो ।
पार्टी संसदीय दलकी सचेतक पुष्पा भूषालका अनुसार बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुनेछ । यसैगरी सरकारका गतिविधि र सरकारविरुद्ध विरोध प्रदर्शन लगायतमा छलफल हुने बताइएको छ ।
यसअघि शीर्ष तहका नेताबीच भएको बैठकले पार्टी विवादमा समाधान निकाल्न नसकेपछि बैठक चार पटक मिति तोक्दै सर्दै आएको थियो । पार्टीमा मनोमानी बढेको भन्दै वरिष्ठ नेता पौडेलसहितका २७ जना केन्द्रिय सदस्यले देउवाविरुद्ध लिखित रुपमै विरोध जनाएका छन् ।
विरोधपत्रबारे सभापतिले उचित सम्बोधन नगरेको भन्दै आजको बैठकमा यहि विषय बुलन्द रुपमा उठाउने पौडेल पक्षका नेताहरुले तयारी छ । यसअघि पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरुसहित सातपटक सम्म बसेको बैठकले पौडेल समूहले उठाएको अधिकाश विषयहरु सम्बोधन गर्ने सैद्धान्तिक सहमति गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्